नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा जेठ १६ गते बिहान ११ बजे भरतपुर गार्डेन रिसोर्ट, चितवनमा आयोजना गर्ने भएको छ। सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरूमा छलफल हुने कम्पनीले जनाएको छ। यस सभामा दुई जना सञ्चालक नियुक्त गर्ने र लेखापरीक्षकको नियुक्ति सम्बन्धी प्रस्ताव पनि पेश […]
नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा जेठ १६ गते बिहान ११ बजे भरतपुर गार्डेन रिसोर्ट, चितवनमा आयोजना गर्ने भएको छ। सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरूमा छलफल हुने कम्पनीले जनाएको छ।
यस सभामा दुई जना सञ्चालक नियुक्त गर्ने र लेखापरीक्षकको नियुक्ति सम्बन्धी प्रस्ताव पनि पेश गरिनेछ। तर, कम्पनीले लाभांश वितरणको कुनै प्रस्ताव भने गरेको छैन।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, जेठ ७ गतेसम्म नाममा सेयर कायम भएका सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.