काठमाडौं: तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्न आज आइतबार (जेठ ४) अन्तिम दिन हो। कम्पनीले हकप्रद सेयर बिक्रीका लागि जेठ ५ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरू मात्र यसमा आवेदन दिन योग्य हुनेछन्। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर […]
काठमाडौं: तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्न आज आइतबार (जेठ ४) अन्तिम दिन हो। कम्पनीले हकप्रद सेयर बिक्रीका लागि जेठ ५ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरू मात्र यसमा आवेदन दिन योग्य हुनेछन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिइसकेको छ। सोहीअनुसार तेह्रथुम पावरले हकप्रद सेयर जारी गर्दैछ। हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ, जुन हकप्रद सेयर जारी गरेपछि दोब्बर भई ८० करोड रुपैयाँ पुग्नेछ।
यस हकप्रद सेयरको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। कम्पनीले हकप्रद सेयरबाट उठेको रकम खोरुंगा तांगमाया खोला जलविद्युत आयोजना निर्माणमा प्रयोग गर्ने जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.