काठमाडौं : सेन्ट्रल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आज आइतबार, जेठ ४ गते बिहान १० बजे कुपण्डोल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। यसपटक कम्पनीले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हुँदा सेयरधनीहरूका लागि अपेक्षित लाभांश उपलब्ध नहुनेछ। सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका विषयहरूमा छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का […]
काठमाडौं : सेन्ट्रल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आज आइतबार, जेठ ४ गते बिहान १० बजे कुपण्डोल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। यसपटक कम्पनीले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हुँदा सेयरधनीहरूका लागि अपेक्षित लाभांश उपलब्ध नहुनेछ।
सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका विषयहरूमा छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
सभामा भाग लिन वैशाख २२ गते बुक क्लोज गरिसकिएकाले वैशाख २१ गतेसम्म नाममा सेयर कायम रहेका सेयरधनीहरू मात्र सहभागी हुन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.