अर्थतन्त्रमा गति, बाह्य सूचक सबल र आन्तरिक सूचकमा सुधार

अर्थ मन्त्रालयले समग्र देशको अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ। मन्त्रालयले प्रकाशित गरेको पछिल्लो ‘अर्थ बुलेटिन’मा अर्थतन्त्रका बाह्य सूचकहरू सबल र सुदृढ भएको तथा आन्तरिक सूचकहरूमा समेत उल्लेखनीय सुधार देखिएको उल्लेख गरिएको छ। बुलेटिनअनुसार राजस्व परिचालन, पुँजीगत खर्च, करको दायरा विस्तार, वैदेशिक सहायता प्रतिबद्धता, नेप्से सूचकांक, निर्यात र आयात वृद्धि जस्ता कारकहरूले समग्र अर्थतन्त्रमा सकारात्मक […]

अर्थ मन्त्रालयले समग्र देशको अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ। मन्त्रालयले प्रकाशित गरेको पछिल्लो ‘अर्थ बुलेटिन’मा अर्थतन्त्रका बाह्य सूचकहरू सबल र सुदृढ भएको तथा आन्तरिक सूचकहरूमा समेत उल्लेखनीय सुधार देखिएको उल्लेख गरिएको छ।

बुलेटिनअनुसार राजस्व परिचालन, पुँजीगत खर्च, करको दायरा विस्तार, वैदेशिक सहायता प्रतिबद्धता, नेप्से सूचकांक, निर्यात र आयात वृद्धि जस्ता कारकहरूले समग्र अर्थतन्त्रमा सकारात्मक गति आएको छ।

मन्त्रालयका अनुसार सार्वजनिक वित्तीय सूचकहरू पनि सकारात्मक छन्। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सङ्घीय सरकारको राजस्व परिचालन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.७ प्रतिशतले बढेर ७ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल खर्च ४.९४ प्रतिशतले बढेर ८ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।

कुल खर्चमध्ये चालु खर्चको हिस्सा ६९.६ प्रतिशत, पुँजीगत खर्च ९.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) लिने करदाताको संख्या बढेसँगै करको दायरा पनि विस्तार भएको छ। फागुन मसान्तसम्म वैदेशिक सहायता प्रतिबद्धता २ खर्ब २१ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो।

त्यस्तै, वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने तथा पुनः श्रम स्वीकृति लिने कामदारहरूको संख्या पनि बढेको छ। रेमिट्यान्स भित्र्याउने दर र पर्यटक आगमनमा पनि वृद्धि देखिएको छ।

बुलेटिनमा विदेशी मुद्रा सञ्चिति वृद्धि भएको, चालू खाता तथा शोधनान्तर स्थिति दुवै बचतमा रहेको, र बाह्य सूचकहरू सबल तथा आन्तरिक सूचकहरूमा सुधार हुँदै गएको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार यी सबै सूचकहरूले समग्र अर्थतन्त्रमा गति आएको प्रमाणित गर्छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In