नेपाल टेलिकम लिमिटेड (NTC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको तुलनामा उल्लेख्य रुपमा घटेको छ। चैत मसान्तसम्म कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशत कम हो। गत वर्ष यसै अवधिमा […]
नेपाल टेलिकम लिमिटेड (NTC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको तुलनामा उल्लेख्य रुपमा घटेको छ।
चैत मसान्तसम्म कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशत कम हो। गत वर्ष यसै अवधिमा कम्पनीको नाफा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो।
नाफामा आएको गिरावटको मुख्य कारण डिफर्ड ट्याक्समा आएको उल्लेख्य वृद्धिलाई मानिएको छ, यद्यपि कम्पनीको आम्दानीमा सामान्य मात्र गिरावट देखिएको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ। वित्तीय आम्दानीमा पनि ४६.०२ प्रतिशतको गिरावट आएको छ, जसले गर्दा समग्र आम्दानीमा ८.८९ प्रतिशतको कमी आएको छ।
खुद नाफाको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। यो चैत मसान्तसम्ममा १९ रुपैयाँ ९६ पैसाले घट्दै २१ रुपैयाँ ५ पैसामा झरेको छ। यद्यपि कम्पनीको प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा कायम छ, भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४२.७४ गुणामा रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.