तेह्रथुम पावरको १००% हकप्रद प्रयोजनार्थ शेयरमूल्य समायोजन, नयाँ मूल्य ३४७.०६ रुपैयाँ

नेपाल स्टक एक्सचेञ्ज (NEPSE) ले तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) को शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज गरेसँगै नेप्सेले समायोजन गर्दै नयाँ शेयरमूल्य निर्धारण गरेको हो। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम मूल्य ५९४ रुपैयाँ ११ पैसाका आधारमा मूल्य समायोजन गर्दै शेयरको नयाँ मूल्य ३४७ रुपैयाँ ६ पैसा […]

नेपाल स्टक एक्सचेञ्ज (NEPSE) ले तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) को शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज गरेसँगै नेप्सेले समायोजन गर्दै नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम मूल्य ५९४ रुपैयाँ ११ पैसाका आधारमा मूल्य समायोजन गर्दै शेयरको नयाँ मूल्य ३४७ रुपैयाँ ६ पैसा तोकेको छ। यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

तेह्रथुम पावरले हाल कायम ४० करोड रुपैयाँ चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अन्तर्गत कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In