राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको (RHGCL) हकप्रद सेयर सुरक्षित गर्न आज (जेठ ५) अन्तिम दिन हो। कम्पनीले भोलि (जेठ ६) बुक क्लोज गर्ने भएकाले आजसम्म सेयरधनी सूचीकृत भएकाहरूले मात्र हकप्रद सेयर आवेदन दिन पाउनेछन्। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख २५ गते १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो। यसअनुसार […]
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको (RHGCL) हकप्रद सेयर सुरक्षित गर्न आज (जेठ ५) अन्तिम दिन हो। कम्पनीले भोलि (जेठ ६) बुक क्लोज गर्ने भएकाले आजसम्म सेयरधनी सूचीकृत भएकाहरूले मात्र हकप्रद सेयर आवेदन दिन पाउनेछन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख २५ गते १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो। यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६१ लाख २७ हजार ९३८ कित्ता सेयर जारी गर्दैछ, जसको कुल मूल्य ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबर हुनेछ।
हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी दोब्बर भई १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ। यस हकप्रद सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.