छ्याङ्दी हाइड्रोपावरको हकप्रद खुला, आवेदन असार १२ सम्म

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले आगामी जेठ २३ गतेदेखि आफ्नो १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको अनुपातमा १:१ को दरले हकप्रद शेयर जारी गर्न लागेको हो। यसअनुसार, कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल […]

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले आगामी जेठ २३ गतेदेखि आफ्नो १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको अनुपातमा १:१ को दरले हकप्रद शेयर जारी गर्न लागेको हो।

यसअनुसार, कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ हुनेछ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले जेठ २ गते बुकक्लोज गरेको छ। त्यसैले, जेठ १ गतेसम्म कम्पनीको शेयर नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनीहरूले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार १२ गतेसम्म तोकिएको छ।

कम्पनीको हकप्रद निष्काशनको व्यवस्थापन ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ। लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलसहित, ग्लोबल आइएमई बैंकका बेसीशहर, सुन्दरबजार–६ मिलनचोक, भोर्लेटार–८ बसपार्क, सिउँडीबार सुन्दरबजार–९, उदिपुर र दोर्दी शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सी-आस्बा प्रणालीमार्फत तथा CDSC को ‘मेरो शेयर’ पोर्टल प्रयोग गरी अनलाइन आवेदन दिन पनि सकिनेछ।

हकप्रद निष्काशनको प्रयोजनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

हाल कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ रहेकोमा हकप्रद निष्काशनपछि यो पूँजी दोब्बर भई ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

हकप्रद निष्काशनबाट संकलन हुने रकममध्ये, ४ करोड रुपैयाँ ४ मेगावाट क्षमताको माथिल्लो छ्याङ्दी खोला साना जलविद्युत आयोजना निर्माणको बाँकी बक्यौता तिर्न, दीर्घकालीन ऋणको सावा घटाउन तथा अल्पकालीन ऋणको सावा र ब्याज भुक्तानीमा १९ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ प्रयोग गरिनेछ। बाँकी १५ करोड रुपैयाँ भने भिजन इनर्जी एण्ड पावर लिमिटेडद्वारा प्रवर्द्धित ५७.५ मेगावाट क्षमताको नुप्चे–लिखु जलविद्युत आयोजना अन्तर्गतको लगानी भुक्तानीमा प्रयोग गरिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In