नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) को शेयरमूल्य हकप्रद निष्काशन प्रयोजनार्थ समायोजन गर्दै नयाँ मूल्य ३२४ रुपैयाँ ४४ पैसा तोकेको छ। कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो, जसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता शेयर जारी गर्दैछ, जसको कुल रकम […]
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) को शेयरमूल्य हकप्रद निष्काशन प्रयोजनार्थ समायोजन गर्दै नयाँ मूल्य ३२४ रुपैयाँ ४४ पैसा तोकेको छ।
कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो, जसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता शेयर जारी गर्दैछ, जसको कुल रकम ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ हुनेछ।
अघिल्लो कारोबार दिन सोमबार कम्पनीको शेयर अन्तिम मूल्य ५४८.८७ रुपैयाँ थियो। समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.