सान्भी इनर्जीको आईपीओ खुला, १३ गतेसम्म आवेदन

सान्भी इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) सार्वजनिक गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँट गरेपछि शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो। कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार, सर्वसाधारणले शुक्रबार कार्यालय समयपश्चातदेखि असार १३ गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीओ बिक्री व्यवस्थापकको जिम्मेवारी एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको […]

सान्भी इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) सार्वजनिक गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँट गरेपछि शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो।

कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार, सर्वसाधारणले शुक्रबार कार्यालय समयपश्चातदेखि असार १३ गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीओ बिक्री व्यवस्थापकको जिम्मेवारी एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।

मेरोसेयर अनलाइन प्रणालीमार्फत न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सकिनेछ। कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयरमध्ये विभिन्न समूहका लागि छुट्याएपछि २४ लाख १५ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

सार्वजनिक सेयर निष्कासनमार्फत सान्भी इनर्जीले पूँजी संकलन गरी ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In