ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वैशाख ८ गतेदेखि सार्वजनिक निष्काशन गरेको आईपीओमा आवेदन दिन आज (वैशाख २२) अन्तिम दिन हो। कम्पनीले जारी पूँजीको ४८.६९६% अर्थात ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। पहिलो चरणमा ३ लाख ९७ हजार १६९ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि […]
ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वैशाख ८ गतेदेखि सार्वजनिक निष्काशन गरेको आईपीओमा आवेदन दिन आज (वैशाख २२) अन्तिम दिन हो। कम्पनीले जारी पूँजीको ४८.६९६% अर्थात ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। पहिलो चरणमा ३ लाख ९७ हजार १६९ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।
न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिनेछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। आवेदन ‘मेरो शेयर’ मार्फत अनलाइनबाट गर्न सकिनेछ। इक्रा नेपालले कम्पनीलाई BB- रेटिङ्ग प्रदान गरेको छ ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.