पाल स्टक एक्सचेञ्ज (NEPSE) मा हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) को शेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले आगामी जेठ ११ गते आइतबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गर्दैछ। बुकक्लोजको पूर्वसन्ध्यामा नेप्सेले कम्पनीको ४.५ प्रतिशत बोनस शेयरलाई समायोजन गर्दै शेयरमूल्य ९३३ रुपैयाँ ६९ पैसा निर्धारण गरेको हो। यसअघि बिहीबार अन्तिम कारोबारमा कम्पनीको मूल्य ९७५ […]
पाल स्टक एक्सचेञ्ज (NEPSE) मा हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) को शेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले आगामी जेठ ११ गते आइतबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गर्दैछ।
बुकक्लोजको पूर्वसन्ध्यामा नेप्सेले कम्पनीको ४.५ प्रतिशत बोनस शेयरलाई समायोजन गर्दै शेयरमूल्य ९३३ रुपैयाँ ६९ पैसा निर्धारण गरेको हो। यसअघि बिहीबार अन्तिम कारोबारमा कम्पनीको मूल्य ९७५ रुपैयाँ ७१ पैसा थियो।
नयाँ समायोजित मूल्यको आधारमा आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार पुनः सुरु हुनेछ।
कम्पनीले चौथो वार्षिक साधारण सभा यही जेठ २५ गते, आइतबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा आयोजना गर्नेछ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले हालको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस शेयर वितरण तथा त्यससँग सम्बन्धित कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने, र नयाँ लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्तावहरू पनि सभामा पेश गरिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.