नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहणसँगै डेपुटी गभर्नरहरूको विभागीय जिम्मेवारीमा समायोजन गरेका छन्। उनले दुवै डेपुटी गभर्नरहरू डा. निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्रलाई करिब आधा-आधा विभाग बराबर जिम्मा दिएका छन्। डा. ढुङ्गाना कामु गभर्नर हुँदा अधिकांश विभाग मिश्रको जिम्मामा रहँदा उनीसँग केही सीमित विभागमात्र थिए। तर गभर्नर पौडेलले पूर्वगभर्नर महाप्रसाद […]
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहणसँगै डेपुटी गभर्नरहरूको विभागीय जिम्मेवारीमा समायोजन गरेका छन्। उनले दुवै डेपुटी गभर्नरहरू डा. निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्रलाई करिब आधा-आधा विभाग बराबर जिम्मा दिएका छन्।
डा. ढुङ्गाना कामु गभर्नर हुँदा अधिकांश विभाग मिश्रको जिम्मामा रहँदा उनीसँग केही सीमित विभागमात्र थिए। तर गभर्नर पौडेलले पूर्वगभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा रहेको विभागीय संरचना जस्तै बाँडफाँड गरेका हुन्।
डा. निलम ढुङ्गानाको जिम्मामा रहेका विभागहरू:
बैंक तथा वित्तीय संस्था नियमन विभाग
विदेशी विनिमय व्यवस्थापन विभाग
लघुवित्त संस्था सुपरिवेक्षण विभाग
गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग
प्रदेशस्थित कार्यालयहरू
मुद्रा व्यवस्थापन विभाग
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग
सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग
सूचना प्रविधि विभाग
बमबहादुर मिश्रको जिम्मामा रहेका विभागहरू:
आर्थिक अनुसन्धान विभाग
मौद्रिक व्यवस्थापन विभाग
बैंक सुपरिवेक्षण विभाग
वित्तीय संस्था सुपरिवेक्षण विभाग
बैंकिङ विभाग
भुक्तानी प्रणाली विभाग
मानव संशाधन विभाग
वित्त व्यवस्थापन विभाग
Share your thoughts to keep the conversation going.
Be the first to comment.