राधी विद्युत कम्पनी लिमिटेडले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडमा आफ्ना नाममा रहेका १२ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको छ। कम्पनीले उक्त सेयरहरू हाल बजारमा कायम मूल्यमा बिक्री गर्ने जानकारी दिएको छ। सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा विद्युत नियमन आयोगमा […]
राधी विद्युत कम्पनी लिमिटेडले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडमा आफ्ना नाममा रहेका १२ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको छ। कम्पनीले उक्त सेयरहरू हाल बजारमा कायम मूल्यमा बिक्री गर्ने जानकारी दिएको छ।
सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा विद्युत नियमन आयोगमा आवश्यक सूचना पठाइसकिएको कम्पनीले जनाएको छ।
यो निर्णय “विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनका पूर्वस्वीकृति तथा नियामक सम्बन्धी निर्देशिका, २०७८” को दफा ११ बमोजिम गरिएको हो, जसअनुसार यस्ता बिक्री सूचना सर्वसाधारणलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ।
कम्पनीले सोही अनुसार सूचना प्रकाशन प्रक्रिया अघि बढाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.