नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (NMIC) को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा ८०.०८% ले घटेर ४ लाख ८१ हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो। यद्यपि, कम्पनीको खुद आर्जित बीमाशुल्क ६०५.७४% र कुल आम्दानी १३०.७५% ले बढेको छ। खर्च पनि उच्च दरमा वृद्धि भएको […]
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (NMIC) को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा ८०.०८% ले घटेर ४ लाख ८१ हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो।
यद्यपि, कम्पनीको खुद आर्जित बीमाशुल्क ६०५.७४% र कुल आम्दानी १३०.७५% ले बढेको छ। खर्च पनि उच्च दरमा वृद्धि भएको छ । खुद दाबी भुक्तानी ५१३.२७% र कुल खर्च १४६.२९% ले बढेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ५२ पैसा घटेर ९ पैसामा सीमित भएको छ। प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात (P/E ratio) ५१६९ गुणा पुगेको छ। ७५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको विशेष जगेडा कोषमा २६.७४ लाख, महाविपत्ती कोषमा २.६७ लाख, रिटेन्ड अर्निङ्गमा २२.०८ लाख रुपैयाँ सञ्चित छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.