माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा महत्वपूर्ण भेटवार्ता भएको छ। मंगलबार बिहान अर्थमन्त्री पौडेल खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए। प्रचण्डको सचिवालयका अनुसार दुबै नेताबीच सरकारको आगामी आर्थिक वर्षको बजेट तयार गर्ने सन्दर्भमा व्यापक छलफल भएको हो। सरकार यसअघि नै नीति तथा कार्यक्रम संसदमा […]
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा महत्वपूर्ण भेटवार्ता भएको छ। मंगलबार बिहान अर्थमन्त्री पौडेल खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए।
प्रचण्डको सचिवालयका अनुसार दुबै नेताबीच सरकारको आगामी आर्थिक वर्षको बजेट तयार गर्ने सन्दर्भमा व्यापक छलफल भएको हो। सरकार यसअघि नै नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिसकेको छ, र त्यसबारे हाल संसदमा छलफल जारी छ।
स्रोतका अनुसार, बजेट निर्माण प्रक्रियामा विविध क्षेत्रको समावेशिता, प्राथमिकता र आर्थिक स्थायित्वका पक्षमा जोड दिने विषयमा दुई नेताबीच विचारविमर्श भएको बताइएको छ। दुबै नेताले समृद्धि र सामाजिक न्यायमा केन्द्रित बजेट ल्याउने प्रतिबद्धता दोहोर्याएका छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.