अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा उल्लेखनीय वृद्धि भएको देखिन्छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट १९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२८.२५ प्रतिशतले बढी […]
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा उल्लेखनीय वृद्धि भएको देखिन्छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट १९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२८.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको समान अवधिमा यो आम्दानी ६ करोड १ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा झनै उच्च दरमा बढेको छ। अघिल्लो वर्षको तेस्रो त्रैमाससम्म ५७ लाख रुपैयाँ मात्र नाफा गरेको कम्पनीले चालु वर्षको सोही अवधिमा ३४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। विद्युत बिक्री आम्दानीको वृद्धिसँगै वित्तीय खर्चमा आएको कमीले नाफामा ठूलो सुधार ल्याएको देखिन्छ।
कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य रूपमा सुधारिएको छ। अघिल्लो वर्षको तुलनामा ११ रुपैयाँ ४३ पैसाले वृद्धि भई (EPS) ११ रुपैयाँ ८५ पैसा पुगेको छ। यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E ratio) २१.०९ गुणा छ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीतर्फ ३६ करोड ७८ लाख रुपैयाँ रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.