सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको वित्तीय प्रदर्शन उल्लेखनीय रूपमा सुदृढ भएको छ। चैत मसान्तसम्म कम्पनीले ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको १२ करोड ७ लाख रुपैयाँ नाफासँग तुलना गर्दा ३९९.३३ प्रतिशतले वृद्धि भएको […]
सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको वित्तीय प्रदर्शन उल्लेखनीय रूपमा सुदृढ भएको छ।
चैत मसान्तसम्म कम्पनीले ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको १२ करोड ७ लाख रुपैयाँ नाफासँग तुलना गर्दा ३९९.३३ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीको बिक्री आम्दानी पनि ११५.२१ प्रतिशतले बढेर ९ अर्ब ८१ करोड १४ लाख रुपैयाँ पुगेको छ। कुल नाफा १११.९७ प्रतिशतले, अन्य आम्दानी ३०५.०६ प्रतिशतले र खर्च ३०.०९ प्रतिशतले वृद्धि भएको विवरणमा उल्लेख छ।
नाफासँगै प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य रूपमा वृद्धि भई १६ रुपैयाँ १६ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२ रुपैयाँ ७० पैसाले बढी हो। कम्पनीको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ९३ पैसा तथा मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४८.८५ गुणा रहेको छ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ र अन्य इक्विटी ४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ रहेको छ। बिक्री आम्दानी र नाफाको यो वृद्धिले कम्पनीको समग्र वित्तीय अवस्था मजबुत बनाएको देखिन्छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.