प्रधानमन्त्रीको सचिवालयले आज साँझ बस्ने मन्त्रिपरिषद् बैठक नियमित भएको जनाएको छ। बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना रहेको स्रोतले जनाएको छ। सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको थियो, जसमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे रहेका छन्। समितिको आजै बैठक बस्ने र गभर्नरका लागि तीन जनाको नाम सिफारिस […]
प्रधानमन्त्रीको सचिवालयले आज साँझ बस्ने मन्त्रिपरिषद् बैठक नियमित भएको जनाएको छ। बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना रहेको स्रोतले जनाएको छ।
सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको थियो, जसमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे रहेका छन्। समितिको आजै बैठक बस्ने र गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने तयारी भएको छ। तीमध्ये एक जनालाई मन्त्रिपरिषदले अनुमोदन गर्ने बताइएको छ।
यसअघि सिफारिस समितिका सदस्य रहेका डा. विश्व पौडेलले राजीनामा दिएका छन्। सरकार पौडेललाई नै गभर्नर बनाउने तयारीमा रहेको जनाइएको छ। तर, राजनीतिक दलको सदस्यलाई सिधै गभर्नरमा नियुक्त गर्ने प्रयास नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१(क) विपरीत रहेको भन्दै अदालतमा मुद्दा दायर भएको छ। मुद्दा भोलिको पेशीमा तोकिएको छ।
पौडेल नेपाली कांग्रेसका क्रियाशील सदस्य रहेको बताइए पनि उनले सदस्यता नवीकरण नगरेको दाबी गर्दै आएका छन्। उनी चितवन–१ बाट कांग्रेसको उम्मेदवार पनि भएका थिए।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २४ मा सकिएको हो। तर, राजनीतिक रस्साकस्सीका कारण सरकारले हालसम्म नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन। यसअघि कार्यकारी निर्देशक गुणाकर भट्टको नाममा सहमति जुटेको भनिए पनि कामु गभर्नर डा. निलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि प्रक्रिया अघि बढ्न सकेको थिएन।
Source : https://thahakhabar.com/news/227910/
Share your thoughts to keep the conversation going.
Be the first to comment.