हाल सेयर बजारमा साना लगानीकर्ताहरू सस्तो मूल्यका सेयरतर्फ आकर्षित भएका छन्। ठूला र महँगा कम्पनीका सेयरभन्दा कम मूल्यका सेयर किन्दा कम पूँजीमै धेरै कित्ता किन्न सकिने भएकाले यस्तो प्रवृत्ति बढेको हो। विशेषगरी, आगामी चुनावका कारण नगद अर्थतन्त्रमा प्रवेश हुने अनुमान गरिएको छ। यही अतिरिक्त तरलताले बजारमा कारोबार बढाएको र सस्तो सेयरमा चाप परेको विश्लेषकहरूको भनाइ […]
हाल सेयर बजारमा साना लगानीकर्ताहरू सस्तो मूल्यका सेयरतर्फ आकर्षित भएका छन्। ठूला र महँगा कम्पनीका सेयरभन्दा कम मूल्यका सेयर किन्दा कम पूँजीमै धेरै कित्ता किन्न सकिने भएकाले यस्तो प्रवृत्ति बढेको हो।
विशेषगरी, आगामी चुनावका कारण नगद अर्थतन्त्रमा प्रवेश हुने अनुमान गरिएको छ। यही अतिरिक्त तरलताले बजारमा कारोबार बढाएको र सस्तो सेयरमा चाप परेको विश्लेषकहरूको भनाइ छ।
हाइड्रो, फाइनान्स लगायत दोस्रो दर्जाका सस्तो सेयरहरूमा कारोबार र चहलपहल बढेको देखिन्छ। साना लगानीकर्ताले सानो मूल्य वृद्धि भए पनि राम्रो नाफा देख्न सकिने अपेक्षाले यस्ता सेयर रोजिरहेका छन्।
यस प्रवृत्तिले बजारको कारोबार रकम र गति दुवै बढाएको छ, तर लगानी गर्दा जोखिमको मूल्याङ्कन गर्नु पर्ने आवश्यकता पनि उत्तिकै रहेको विश्लेषण गरिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.