नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबारदेखि अन्तिम १५ मिनेटको औसत मूल्य गणना विधि स्थगित गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले सो विधि हटाउन निर्देशन दिएपछि नेप्सेले यो निर्णय गरेको हो। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार, अबदेखि कारोबार अन्त्य हुने समयमा कायम हुने अन्तिम कारोबार मूल्यलाई नै आधार मानी सूचकांक गणना गरिनेछ। यसअघि २:४५ देखि ३:०० बजेसम्म […]
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबारदेखि अन्तिम १५ मिनेटको औसत मूल्य गणना विधि स्थगित गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले सो विधि हटाउन निर्देशन दिएपछि नेप्सेले यो निर्णय गरेको हो।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार, अबदेखि कारोबार अन्त्य हुने समयमा कायम हुने अन्तिम कारोबार मूल्यलाई नै आधार मानी सूचकांक गणना गरिनेछ। यसअघि २:४५ देखि ३:०० बजेसम्म कायम मूल्यको भारित औसतलाई अन्तिम मूल्य मान्ने प्रावधान रहेको थियो।
लगानीकर्ताले निरन्तर माग गर्दै आएको यो व्यवस्थालाई शनिबार बसेको बोर्ड बैठकले स्थगित गर्ने निर्णय गरेको थियो। पराजुलीका अनुसार, सोमबार प्राविधिक परीक्षण गरिएको र मंगलबार सार्वजनिक बिदा परेकाले, बुधवार (असोज ७ गते) बाट नयाँ व्यवस्था लागू हुनेछ।
Share Training in Kathmandu/Deep Thapa, 9849290806
Share your thoughts to keep the conversation going.
Be the first to comment.