नारायणी डेभलपमेन्ट बैंकको हकप्रद आवेदन म्याद कात्तिक ९ गतेसम्म

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले असोज २ गतेदेखि खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद कात्तिक ९ गतेसम्मका लागि थप गरेको छ। बैंकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार, बैंकले कुल २६ लाख २४ हजार ६७६ कित्ता (रु. २६ करोड २४ लाख ६७ […]

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले असोज २ गतेदेखि खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद कात्तिक ९ गतेसम्मका लागि थप गरेको छ।

बैंकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार, बैंकले कुल २६ लाख २४ हजार ६७६ कित्ता (रु. २६ करोड २४ लाख ६७ हजार ६०० मूल्यका) हकप्रद शेयर सार्वजनिक गरेको छ।

भदौ ९ गते बुकक्लोज गरिएको सो हकप्रदमा भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीले आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी इश्युअर रेटिङ सी प्लस’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम संकेत गर्दछ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस हकप्रदमा आवेदन ग्लोबल आइएमई बैंकका शाखाहरू, नारायणी डेभलपमेन्ट बैंकका कार्यालयहरू तथा आस्बा सेवामा सहभागी बैंकमार्फत ‘मेरो शेयर’ प्रणालीबाट अनलाइन पनि दिन सकिनेछ।

हकप्रदपछि बैंकको चुक्ता पूँजी रु. ५२ करोड ४९ लाख ३५ हजार २०० पुग्नेछ। संकलित रकम बैंकले धितोपत्र, सरकारी ऋणपत्र, म्युचुअल फन्ड तथा शाखा विस्तारमा प्रयोग गर्ने जनाएको छ।

 

Technical and Fundamental Analysis Training in Kathmandu /Deep Thapa : 9849290806

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In