नेपाल ल्यूब आयल (NLO) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते ललितपुर, पुल्चोकस्थित द प्लाजा सभाहलमा बिहान ११:३० बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा बोनस शेयरसँगै कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश, २०० प्रतिशत […]
नेपाल ल्यूब आयल (NLO) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते ललितपुर, पुल्चोकस्थित द प्लाजा सभाहलमा बिहान ११:३० बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभामा बोनस शेयरसँगै कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश, २०० प्रतिशत हकप्रद शेयर निष्काशन, प्रबन्धपत्र तथा नियमावली संशोधन, र सर्वसाधारण तर्फका सञ्चालकहरूको नियुक्ति गर्ने प्रस्तावहरू पनि पेश गरिनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने घोषणा गरेको छ। यसअनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार गरी शेयरधनी बनेकाले मात्रै साधारण सभामा सहभागी भई प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
Share Training in Kathmandu/ Deep Thapa, 9849290806
Share your thoughts to keep the conversation going.
Be the first to comment.