मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र वितरण हुने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले असोज ३१ गते, शुक्रबार, थापागाउँ ब्याङ्केट, […]
मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्नेछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र वितरण हुने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले असोज ३१ गते, शुक्रबार, थापागाउँ ब्याङ्केट, नयाँ बानेश्वरमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरिनेछन्।
Share Training in Kathmandu/ Deep Thapa, 9849290806
Share your thoughts to keep the conversation going.
Be the first to comment.