Sarbaguna News

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं : विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ आइतबार बाँडफाँट भएको छ। यसमा ५ हजार १२९ जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। कुल १९ लाख २० हजार ९३९ जनाले आवेदन दिएका थिए, जसमा २ हजार ५२३ जनाको आवेदन अस्वीकृत भएको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, बिक्री प्रबन्धकले …
Read More

बैंकहरुले ९ महिनामा कमाए ४१ अर्ब २५ करोड, सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल अगाडि, अरु कुनको कति ?

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त)सम्म वाणिज्य बैंकहरूले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन्, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १.४० प्रतिशतले बढी हो। अघिल्लो वर्षको चैतसम्म बैंकहरूले ४० अर्ब ६८ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। यस …
Read More

प्रभु बैंकको नाफामा सामान्य सुधार, खराब कर्जा व्यवस्थापनलाई प्राथमिकता दिने

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रभु बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.५१ प्रतिशतले मात्र बढी हो। नाफामा सामान्य सुधार देखिए पनि बैंकको ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ—खुद ब्याज आम्दानी १६.०४ प्रतिशत र सञ्चालन नाफा ३.८५ …
Read More

सानिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा बैंकले नाफामा वृद्धि गरेसँगै प्रतिसेयर आम्दानी (EPS) पनि बढाएको छ। बैंकले समीक्षाअवधिमा १ अर्ब ६५ करोड २४ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको १ अर्ब ४३ करोड रुपैयाँको तुलनामा १४.८० प्रतिशतले बढी हो। इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा …
Read More

नाफासँगै बढ्यो एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ६० करोड रुपैयाँको तुलनामा ३२.५५ प्रतिशतले वृद्धि हो। नाफामा आएको यो वृद्धि बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी दुवैमा भएको उल्लेखनीय वृद्धिका कारण हो। समीक्षाअवधिमा …
Read More

सिटिजन्स बैंकको इम्पेयरमेन्ट चार्जमा भारी वृद्धि, एनपीएल ५ प्रतिशत भन्दा धेरै

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब २१ करोड १४ लाख रुपैयाँको तुलनामा २०.६० प्रतिशतले कम हो। इम्पेयरमेन्ट चार्ज ९८ करोड ५७ लाख रुपैयाँबाट बढेर २ अर्ब १६ करोड ४० लाख …
Read More

एनएमबि बैंकको नाफामा बढोत्तरी, प्रमुख सूचक कस्ता छन् ?

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनएमबि बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब २४ करोड रुपैयाँको तुलनामा ५.८८ प्रतिशतले वृद्धि भएको हो। ब्याज आम्दानी र सञ्चालन आम्दानीमा आएको वृद्धिले नाफा बढाउन मद्दत गरेको देखिन्छ। बैंकको खुद ब्याज आम्दानी १९.१६ …
Read More

स्टान्डर्ड चार्टर्डको खुद नाफासँगै इपीएस पनि घट्यो

काठमाडौं: स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी (EPS) पनि घटेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँको तुलनामा ११.१७ प्रतिशतले कम हो। खुद ब्याज आम्दानीमा १७.३३ …
Read More

नेपाल एसबीआई बैंकको नाफामा सुधार, एनपीएल भने ४ प्रतिशत माथि

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल एसबीआई बैंकले १ अर्ब २० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.३६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब १६ करोड रुपैयाँ थियो। इम्पेयरमेन्ट चार्ज ८० करोड रुपैयाँबाट घटेर ७२ करोड ५८ …
Read More

नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा ३८.६१ प्रतिशत बढ्यो

काठमाडौं: इम्पेयरमेन्ट चार्जमा उल्लेखनीय गिरावट आएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब २७ करोड रुपैयाँको तुलनामा ३८.६१ प्रतिशतले बढी हो। यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने ६.५० …
Read More

रिभर फल्स पावरको लकइन अवधि कहिलेदेखि सकिंदैछ ?

काठमाडौं : रिभर फल्स पावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको लक–इन अवधि आगामी जेठ ८ गते समाप्त हुँदैछ। लक–इन अवधि सकिएपछि उनीहरूले आफ्नो होल्ड गरेको सेयर खुल्ला बजारमा खरिद–बिक्री गर्न सक्ने छन्। कम्पनीले ३५ लाख ७० हजार कित्ता संस्थापक सेयर, ७ लाख कित्ता स्थानीय बासिन्दालाई र …
Read More

ट्रम्पको भन्सार शुल्कले युरोजोन वृद्धिमा चिन्ता, इसीबीद्वारा ब्याजदरमा कटौती

जर्मनी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्थिर भन्सार नीतिका कारण युरोजोनको आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पर्ने चिन्ताबीच युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले ब्याजदर फेरि घटाएको छ। ईसीबीका नीति निर्माता टोलीले लगातार छैटौं पटक ब्याजदर कटौती गर्दै एकल मुद्रा क्षेत्र (युरोजोन) का लागि उधारो लागत घटाउने निर्णय गरेका हुन्। यसपटक ब्याजदर …
Read More

कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंकले १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ, जुन सेयर हालका संस्थापक सेयरधनीको नाममा रहेको हो। बैंकले जारी गरेको सूचनाअनुसार, बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र यो सेयर खरिदको लागि आवेदन दिन सक्नेछन्। आवेदन विवरण: आवेदन अवधि: वैशाख ५ गतेदेखि सुरु भई ३५ दिनभित्र आवेदन …
Read More

नेको इन्सुरेन्सको वैशाख १२ गतेबाट २ लाख २५ हजार कित्ता सेयर लिलामी खुला हुँदै

काठमाडौं : नेको इन्सुरेन्स लिमिटेडले वैशाख १२ गतेदेखि आफ्नो बाँकी सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमा ल्याउँदैछ, जसअन्तर्गत संस्थापक समूहका ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहका १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर समावेश छन्। लिलामी विवरण लिलामीमा सहभागी हुन …
Read More

आगामी बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग परामर्श, कार्यान्वयनयोग्य बजेट ल्याउन सुझाव

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तयारीको सन्दर्भमा अर्थ मन्त्रालयले बिहीबार पूर्वअर्थमन्त्रीहरूसँग परामर्श गरेको छ। छलफलमा सहभागी पूर्वमन्त्रीहरूले यथार्थपरक, कार्यान्वयनयोग्य र उत्पादनमुखी बजेट ल्याउन सुझाव दिएका छन्। उनीहरूले बजेट लोकप्रियता र नारामा आधारित नभई व्यावहारिक र परिणाममुखी हुनुपर्नेमा जोड दिए। साथै, उत्पादन र रोजगारी अभिवृद्धिमा केन्द्रित बजेट …
Read More

सान्भि इनर्जी लिमिटेडको आइपीओ बिक्री खुला

काठमाडौं : सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (IPO) बिक्री खुला गरेको छ। कम्पनीले आफ्ना ८८ करोड रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशत, अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको IPO आयोजना प्रभावित स्थानीयहरूलाई बिक्रीमा ल्याएको हो। यस अनुसार, …
Read More

दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा कहिलेसम्म पाइन्छ आवेदन दिन ?

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनीले जारी गरेको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिनको लागि वैशाख ८ गतेसम्म समय दिइएको छ। कम्पनीले चैत १९ गतेदेखि १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको हो। यसको अंकित मूल्य १ सय रुपैयाँ कायम गरिएको …
Read More

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि–ओपन सेसनमा नेप्से सूचक ४.९८ अंकले उकालो लाग्दै २७०१.२२ विन्दुमा पुगेको छ। यो अवधिमा १२ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुल ४१ कम्पनीका २ हजार ४१७ कित्ता सेयर किनबेच भएका छन्। सेसनभर जम्मा ६५ वटा कारोबार सम्पन्न भएका छन्। मूल्य परिवर्तनतर्फ हेर्दा २८ कम्पनीको सेयर मूल्य …
Read More

सुनको मूल्यले बनायो फेरि अर्को नयाँ रेकर्ड : तोलाको १ लाख ९० हजार नाघ्यो

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (वैशाख ४ गते) छापावाल सुनको मूल्य प्रतितोला ३६ सय रुपैयाँले वृद्धि भई १ लाख ९० हजार ६०० रुपैयाँमा पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। यसअघिको दिन, बुधबार (वैशाख ३ गते), सुनको भाउ प्रतितोला २७ सय रुपैयाँले बढेर १ लाख ८७ हजार रुपैयाँमा …
Read More

आइपीओ अनुमति पर्खिरहेको स्मार्ट डोर्सको आम्दानी २ करोड ५० लाख, नाफा कति ?

काठमाडौं : आईपीओ अनुमति कुर्दै गरेको स्मार्ट डोर्सले सन् २०२४ मा २ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि हो। सन् २०२३ मा कम्पनीको आम्दानी २ करोड रुपैयाँ रहेको थियो। केयर रेटिङ नेपाल लिमिटेडका अनुसार, सन् २०२४ मा कम्पनीको खुद नाफा ४० लाख …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In