Sarbaguna News

नेपाली बजारमा सुनको मूल्य पुनः उकालो

नेपाली सुन बजारमा आज पुनः मूल्यवृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्दै एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै रेकर्ड उच्च मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँको नजिक पुगेको हो। गत शुक्रबार छापावाल सुन प्रतितोला एक …
Read More

राप्ती हाइड्रोको हकप्रद शेयर असार १ गतेदेखि

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ। कम्पनीले हालको चुक्ता पूँजी ६१ करोड २७ लाख रुपैयाँको शतप्रतिशत बराबर ६१ लाख २७ हजार ९३८ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्री खुला गरेको हो। यस प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज …
Read More

दरमखोला हाइड्रो इनर्जीको आईपीओ असार ९ गतेदेखि

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी असार ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खोल्ने भएको छ। कम्पनीले यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले हाल जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँ रहेको छ। सो मध्ये ३८.३३ प्रतिशत …
Read More

अधिकांश वाणिज्य बैंकद्वारा असार महिनादेखि ब्याजदर घटाइयो

  काठमाडौं, असार १ – नयाँ आर्थिक महिनाको सुरुवातसँगै वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन् भने केही बैंकहरूले ब्याजदर यथावत राखेका छन्। ब्याजदर घटाउने बैंकहरू एनएमबि बैंक: व्यक्तिगत मुद्दतीको ब्याजदर ६.६०% बाट ६.००% र एक …
Read More

सानिमा रिलायन्सको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न मिल्ने

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीको नाममा रहेका २ लाख ४९ हजार ७३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यी सेयर खरिदका लागि कम्पनीका हालका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति वा संघ-संस्थाले पनि आवेदन दिन सक्नेछन्। सेयर खरिदमा इच्छुक व्यक्तिहरुले जेठ ३० गतेदेखि १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा …
Read More

सुनको भाउ तोलामा ४२ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं: आज सुनको मूल्य प्रतितोला ४२ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार (जेठ ३० गते) छापावाल सुनको मूल्य बढेर प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ …
Read More

जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न तोक्यो बुक क्लोज मिति

काठमाडौं: जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति निर्धारण गरेको छ। कम्पनीले असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको हुँदा, असार ७ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २४ लाख १४ हजार १०० कित्ता …
Read More

पाकिस्तानको हबिबले हिमालयन बैंकको २ करोड ८० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं: पाकिस्तानको हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ। हबिब बैंकले जम्मा २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको हो। यी सेयर खरिदका लागि हिमालयन बैंकका हालका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। बिक्रीपश्चात हबिब बैंक नेपालको हिमालयन …
Read More

हिमालयन बैंकले प्रतिकित्ता १६९ रुपैयाँका दरले एफपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं: हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ। बैंकले प्रतिकित्ता १६९ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो। यस एफपीओको बिक्री व्यवस्थापन सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ। बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको ७०:३० को सेयर अनुपात कायम राख्न एफपीओ ल्याउन …
Read More

नेपाल इन्सुरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

काठमाडौं: नेपाल इन्सुरेन्सको ३४.७८२६ प्रतिशत हकप्रद सेयरका कारण मूल्य समायोजन गरिएको छ। नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७८२.८७ रुपैयाँलाई आधार मानेर समायोजन गरी नयाँ मूल्य ६०५.६५ रुपैयाँ कायम गरेको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबारदेखि यसको सेयर कारोबार सुरु हुनेछ।
Read More

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं : आज छापावाल सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा पुगेको छ। बुधबार यो मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ थियो। त्यस्तै, बुधबार पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको थियो। …
Read More

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक ०.७५ अंकले बढेर २६६५.२२ विन्दुमा पुगेको छ। यस अवधिमा २ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसनभर ४२ कम्पनीका कुल ४८,४४२ कित्ता सेयर कारोबार भएका छन्। कारोबार संख्या ७८ रहेको छ। यो अवधिमा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ …
Read More

स्वावलम्बन लघुवित्तको ५३ हजार कित्ता सेयर लिलामी बिक्री खुला, भाउ कति ?

काठमाडौं : स्वावलम्बन लघुवित्तले आज (जेठ २९ गते) देखि ५३,००० कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीका लागि खुला गरेको छ। इच्छुक व्यक्तिहरूले न्यूनतम ४३५ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गर्दै गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ। यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी, अन्य संघसंस्था तथा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन सक्ने …
Read More

स्वरोजगार लघुवित्तको ५४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, भाउ कति ?

काठमाडौं : स्वरोजगार लघुवित्तले कुल ५४,४६४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमध्ये ३३,९६४ कित्ता सेयरमा संस्थापक शेयरधनीहरूले आवेदन दिन सक्ने छन्। कम्पनीले प्रति कित्ता सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेको छ। इच्छुक संस्थापक शेयरधनीहरूले सो मूल्य वा सोभन्दा बढी उल्लेख गरी आवेदन दिनुपर्नेछ। यी सेयरहरूमा आवेदन दिन पाउने अधिकार …
Read More

तेह्रथुम पावरको हकप्रद शेयर असार १६ देखि निष्काशन गर्ने

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले हाल कायम चुक्ता पूँजीको १००% बराबरको हकप्रद शेयर असार १६ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर …
Read More

आज पनि घट्यो अमेरिकी डलरको भाउ, अरु विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं : आज बुधबार (जेठ २८) पनि अमेरिकी डलरको भाउ ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ २७ पैसा र खरिददर १३६ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन मंगलबार डलरको बिक्रीदर १३७ रुपैयाँ ३० पैसा र खरिददर १३६ रुपैयाँ ७० पैसा …
Read More

प्रि ओपन सेसन : नेप्से सूचकमा झिनो गिरावट

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६४ बिन्दुले घट्दै २६७७.५२ अंकमा झरेको छ। यस अवधिमा २४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसनमा ४३ कम्पनीका कुल ४ हजार ९७२ कित्ता सेयर किनबेच भएका छन्। कुल ७० वटा कारोबार सम्पन्न भएका छन्। यस सेसनमा २५ कम्पनीको सेयर मूल्यमा …
Read More

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आजै ४० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारमा रहेको अत्यधिक तरलता नियन्त्रण गर्न ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। आज बुधबार (जेठ २८ गते) सो उपकरणको बोलकबोल प्रक्रियामार्फत जारी गरिने केन्द्रीय बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट अत्यधिक तरलता तान्न राष्ट्र बैंकले २१ दिन अवधिको निक्षेप …
Read More

१० महिनामा प्रदेश सरकारहरुले गरे १ खर्ब खर्च

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो १० महिनामा प्रदेश सरकारले जम्मा एक खर्ब १७ अर्ब रुपैयाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारहरूले कुल एक खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ बराबरको स्रोत परिचालन गरेका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार संघीय सरकारले प्रदेश …
Read More

रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा आज बस्दै

काठमाडौं : रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा आज जेठ २८ गते, मंगलबार बस्दैछ। सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्ड एन्ड ब्यांक्वेट प्रालिमा बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम तय गरिएको छ। यस पटक कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव प्रस्तुत गरेको छैन। सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा छलफल …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In