Sarbaguna News

बरुण हाईड्रोपावरको हकप्रद शेयरका लागि बुक क्लोज जेठ २२ गते

बरुण हाईड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले शतप्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद शेयर निष्कासनको प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसअनुसार, जेठ २१ गते बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरुले हकप्रद शेयर खरिद …
Read More

राप्ती हाइड्रोको हकप्रद शेयर असार १ देखि खुला

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले असार १ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो। यसअनुसार, कम्पनीले हाल कायम ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको कुल …
Read More

एशियन लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्स लिमिटेड (ALICL) को हकप्रद शेयर सुरक्षित गर्ने आज मंगलबार (जेठ १४) अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्कासनको प्रयोजनका लागि पर्सी जेठ १६ गते शुक्रबार बुक क्लोज गर्ने भएको हो। यसअनुसार, आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिने …
Read More

ट्रेड टावरको आईपीओ सर्वसाधारणका लागि खुला

ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) आज बुधबारदेखि जारी गरेको छ। कम्पनीको आईपीओमा कार्यालय समय पश्चात ‘मेरोसेयर’ अनलाइन प्रणाली वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको शाखामार्फत आवेदन दिन सकिनेछ। यसअघि वैदेशिक रोजगारमा रहेका नेपालीलाई कम्पनीले आईपीओ बाँडफाँट गरिसकेको छ। अब सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५ …
Read More

अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको सटही दर कति छ ?

काठमाडौं : आज अमेरिकी डलरको विनिमय दर घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार जेठ १३ गते, मंगलबार १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा र खरिददर १३५ रुपैयाँ ८४ पैसा कायम भएको छ। सोमबारको तुलनामा डलरको मूल्य घटेको हो, किनभने सोमबार डलरको बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा र खरिददर …
Read More

सुन र चाँदी दुवैको भाउ घट्यो, कति छ आजको मूल्य ?

काठमाडौं : मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर प्रति तोला १ लाख ९० हजार ९०० रुपैयाँमा निर्धारण गरिएको छ। यसअघि सोमबार सो सुनको मूल्य १ लाख ९१ हजार १०० रुपैयाँ थियो। त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेर प्रतितोला १ …
Read More

प्रि ओपन सेसन : नेप्से सूचक सामान्य घट्यो

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले घट्दै २६७४.१५ मा झरेको छ। यो अवधिमा १ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसनमा ३१ कम्पनीका १० हजार २८३ कित्ता सेयर किनबेच भएका छन्, जसअन्तर्गत कुल ५५ वटा कारोबार सम्पन्न भएका छन्। यस सेसनमा ११ कम्पनीको सेयर मूल्यमा …
Read More

सान्भि इनर्जीको आइपीओमा पर्यो २ अर्ब ३४ करोड रुपैयाँको आवेदन

काठमाडौं : सान्भि इनर्जी लिमिटेडको आईपीओमा २ अर्ब ३४ करोड ४८ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार आज अन्तिम दिन (जेठ १३ गते) बिहान १०ः०७ बजेसम्म १९ लाख २ हजार १८१ जना आवेदकले २ करोड ३४ लाख ४८ हजार ३९० कित्ता सेयरका लागि आवेदन दिएका छन्। …
Read More

नबिल इन्भेष्टमेन्टका ३ वटा म्युचुअल फन्डको वैशाखमा कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाडौं : नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन भइरहेका तीनवटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (NAV) वैशाख महिनामा घटेको छ। यस्तै, अघिल्लो महिनाको तुलनामा तिनीहरूको नाफा पनि घटेको देखिएको छ। नबिल ब्यालेन्स्ड फन्ड–२ को NAV वैशाख मसान्तसम्म ५ पैसाले घटेर ११ रुपैयाँ ४५ पैसामा झरेको छ, जुन चैतमा ११ रुपैयाँ …
Read More

अमेरिकाले युरोपेली सामानमा लगाइने भन्सार शुल्क स्थगनको निर्णय गरेपछि जापानको सेयर बजारमा आकर्षक वृद्धि

टोकियो : अमेरिकाले युरोपेली संघका वस्तुहरूमा लाग्ने भन्सार शुल्क अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेपछि सोमबार टोकियोको सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। टोकियोको प्रमुख सेयर सूचकांक ‘निक्केई २२५’ ३७१.०६ अंकले अर्थात् १ प्रतिशतले बढेर ३७,५३१.५३ मा बन्द भएको छ। यो जापानको सबैभन्दा ठूलो सेयर सूचक हो, जसले टोकियो स्टक …
Read More

प्रभु क्यापिटलका २ वटा म्युचुअल फन्डको न्याभ र नाफा बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं : प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुईवटा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (NAV) तथा नाफा वैशाख महिनामा अघिल्लो महिनाको तुलनामा बढेको छ। प्रभु सेलेक्ट फन्डको NAV वैशाखमा ९ पैसाले वृद्धि भई १२ रुपैयाँ ३६ पैसामा पुगेको छ, जुन चैतमा १२ रुपैयाँ २७ पैसा थियो। यद्यपि, फन्डको सूचीकृत कम्पनीमा लगानी …
Read More

सगरमाथा लुम्बिनी इन्सुरेन्सको ४ लाख ८२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सले संस्थापकहरूका नाममा रहेको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले जेठ १३ गतेदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आफूले कति सेयर किन्न चाहने भन्ने विवरणसहित आवेदन दिनुपर्नेछ। तोकेको समयसीमा भित्र आवेदन नपरेमा ती सेयर अन्य व्यक्ति …
Read More

आज सुनको भाउ घट्यो, चाँदीको भने स्थिर

काठमाडौं : आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा निर्धारण भएको हो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँ थियो । चाँदीको मूल्य भने स्थिर छ …
Read More

प्रि ओपन सेसन : नेप्से सूचक ३२.७० अंकले बढ्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३२.७० अंकले बढेर २७१२.६९ विन्दुमा पुगेको छ । यस अवधिमा ४ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३६ कम्पनीका १ लाख १६ हजार ४३४ कित्ता सेयर किनबेच भएका छन् । कुल ७८९ कारोबार सम्पन्न भएका छन् । १२७ कम्पनीको सेयर …
Read More

मौद्रिक समीक्षा सार्वजनिक : राष्ट्र बैंकद्वारा धितो कर्जाको जोखिम भार घटाउने निर्णय

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै, शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ। लामो समयदेखि लगानीकर्ताले उठाउँदै आएको प्रमुख मागमध्ये एक यो पनि रहेको थियो, जसले अन्ततः सम्बोधन पाएको हो। पहिला शेयर बजार तथा घरजग्गा क्षेत्रलाई …
Read More

यातायात कार्यालय बाराद्वारा १० महिनामा ८ करोड २१ लाख राजस्व संकलन

पर्सा: यातायात व्यवस्था कार्यालय बारा, कलैयाले चालु आर्थिक वर्षको जेठको पहिलो सातासम्ममा कुल ८ करोड २१ लाख ७० हजार १३२ रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख अविन्दर दासका अनुसार चालु आर्थिक वर्षका १० महिनामा कार्यालयले उत्साहजनक रूपमा राजस्व संकलन गर्दै आएको छ। उनका अनुसार, कार्यालयले मासिक औसतमा करिब ६१ …
Read More

आरबीबी म्युचुअल फन्ड–१ र २ को न्याभ र नाफा बढ्यो, यस्तो छ वित्तीय अवस्था

काठमाडौं: आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित दुईवटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (NAV) तथा नाफा वैशाख महिनामा वृद्धि भएको छ। ‘आरबीबी म्युचुअल फन्ड–१’ को प्रतिइकाई न्याभ वैशाख मसान्तमा १८ पैसाले वृद्धि भई ११ रुपैयाँ ०३ पैसा पुगेको छ, जुन चैतमा १० रुपैयाँ ८५ पैसा थियो। यद्यपि, फन्डको सूचीकृत कम्पनीहरूको …
Read More

ट्रम्पद्वारा युरोपेली वस्तुहरुमा ५० प्रतिशत भन्सार कर लगाउने चेतावनीप्रति युरोपेली संघको गम्भीर आपत्ति

ब्रसेल्स: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (EU) का वस्तुहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाउने प्रस्ताव गरेपछि युरोपेली संघ र सदस्य राष्ट्रहरूमा गहिरो चिन्ता छाएको छ। उनीहरूले यस्तो कदमले द्विपक्षीय व्यापार सम्बन्धमा गम्भीर नकारात्मक असर पार्ने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत युरोपेली संघले व्यापारमा अमेरिकामाथि अनुचित लाभ …
Read More

अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको सटही दर कति छ ?

काठमाडौं: आज जेठ १२ गते सोमबार विदेशी मुद्राको विनिमय दर स्थिर देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको दर पछिल्ला दिनहरूझैं स्थिर रहँदै आएको छ। आज १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा र खरिददर १३६ रुपैयाँ ०५ पैसा कायम गरिएको छ। यो दर शनिबारदेखि यथावत् छ। आज …
Read More

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले तोक्यो बुक क्लोज मिति, सेयरधनीलाई बोनस प्रस्ताव

काठमाडौं: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बिहान ११ बजे काठमाडौंको आम्रपाली बेंक्वेट, भाटभटेनीमा बस्ने भएको छ। सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। कम्पनीले अघिल्लो सातौं वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत हकप्रद …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In