Sarbaguna News

निफ्राले जेठ १८ गतेबाट ५० लाख इकाई ऋणपत्र निष्कासन गर्दै, कति प्रतिशत छ ब्याजदर ?

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यमा ५० लाख इकाई ऋणपत्र जारी गर्ने योजना बनाएको हो। जारी गरिने कुल ऋणपत्रमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ …
Read More

नेपाल इन्सुरेन्सलाई धितोपत्र बोर्डले दियो ४० प्रतिशत हकप्रद बिक्री अनुमति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले नेपाल इन्सुरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ। बोर्डले कम्पनीलाई हालको चुक्ता पुँजीको ४० प्रतिशत बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो। स्वीकृति प्राप्त भएपछि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरका ६५ लाख …
Read More

रिभर फल्स पावरको ४३ लाख बढी कित्ता सेयरको लक इन अवधि आजबाट सकिंदै

काठमाडौं : रिभर फल्स पावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडिएको सेयरको ‘लक इन’ अवधि आज (जेठ ८ गते) समाप्त हुँदैछ। लक इन अवधि पूरा भएपछि ती सेयरधनीहरूले आफ्नो सेयर बजारमा कारोबार गर्न सक्नेछन्। कम्पनीले ३५ लाख ७० हजार कित्ता संस्थापक सेयर, ७ लाख कित्ता स्थानीय बासिन्दालाई, र १ …
Read More

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ४.५५ अंकले वृद्धि भई २६७४.०७ विन्दुमा पुगेको छ। सो अवधिमा १३ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ३५ कम्पनीका २ हजार १ सय ५२ कित्ता सेयर किनबेच भएका छन्, जसबाट ४७ वटा कारोबार सम्पन्न भएका हुन्। यस सेसनमा १८ कम्पनीको …
Read More

सुनको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो

काठमाडौं : आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले वृद्धि भएर १ लाख ८९ हजार ८०० रुपैयाँमा पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ थियो । त्यस्तै, …
Read More

प्रि ओपन सेसनमा नेप्से सूचक ३४.७९ अंकले बढ्यो

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक ३४.७९ अंकले बढ्दै २७१२.२५ विन्दुमा पुगेको छ । यस अवधिमा ४ करोड ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसनमा १५८ कम्पनीका १ लाख १८ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् । कुल ७१३ कारोबार सम्पन्न भएका छन् । यस सेसनमा …
Read More

एसियन लाइफ इन्सुरेन्सले हकप्रद सेयर जारी गर्न तोक्यो बुक क्लोज मिति

काठमाडौं : एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्रीका लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, जेठ १५ गतेसम्म नाममा दर्ता रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र …
Read More

विकास हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन, कति जनाले भरे ?

काठमाडौं : विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा हालसम्म ६ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (जेठ ७ गते) बिहान १०ः०७ बजेसम्म २८ हजार ९९९ जनाले ६ लाख ६४ हजार ७१० कित्ता सेयरका …
Read More

अधिक तरलताको अवस्था यथावत् : ५० अर्ब परिपक्क हुने भएसँगै आज फेरि ५० अर्ब नै खिच्दै केन्द्रीय बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न आज पुनः २१ दिनका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ । यसअघि वैशाख १७ गते बैंकहरूले लगानी गरेको ५० अर्ब रुपैयाँ आज परिपक्क हुने भएकाले सोही अनुपातमा नयाँ निक्षेप संकलनमार्फत रकम प्रशोचन गर्न लागिएको …
Read More

अष्ट्रेलियाको मौद्रिक नीतिमा फेरबदल, केन्द्रीय बैंकले जारी गर्यो नयाँ निर्देशन

सिड्नी : अष्ट्रेलियाको केन्द्रीय बैंकले आफ्नो मौद्रिक नीतिमा परिवर्तन गर्दै औपचारिक नगद दर (क्यास रेट) २५ आधार अंकले घटाएर ३.८५ प्रतिशतमा ल्याएको छ । यो निर्णय बैंकको सञ्चालक समितिको मंगलबार बसेको बैठकपछि सार्वजनिक गरिएको हो, र सन् २०२५ मा गरिएको दोस्रो ब्याजदर कटौती हो । बैंकद्वारा जारी विज्ञप्तिमा मूल्यवृद्धि (मुद्रास्फीति)लाई …
Read More

जापानी कम्पनी होन्डाद्धारा विद्युतीय सवारीमा ३० प्रतिशत लगानी कटौती गर्ने घोषणा

टोकियो : अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले आफ्नो विद्युतीय सवारी साधन (इभी) सम्बन्धी रणनीति पुनरावलोकन गर्दै सन् २०३० सम्मका लागि तोकिएको लगानी १० ट्रिलियन येन (झन्डै ६९ अर्ब अमेरिकी डलर) बाट घटाएर ७ ट्रिलियन येन (करिब ४८ अर्ब डलर) बनाउने निर्णय गरेको छ । यो लगानीमा करिब ३० प्रतिशतको कटौती …
Read More

क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेन्डा

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा जेठ २३ गते बस्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, वीरेन्द्रनगर–६, सुर्खेतमा बिहान ११ बजे सुरु हुनेछ । सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका विषयमा छलफल गरिनेछ । साथै, दुई जना सञ्चालक नियुक्त …
Read More

आज सुनको भाउ स्थिर हुँदा चाँदीको मूल्यमा भने गिरावट

काठमाडौं — आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा यथावत् छ। सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो। चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ …
Read More

प्रि ओपन सेसन : नेप्से सूचक सामान्य घट्यो

काठमाडौं — प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६८ अंकले घटेर २६२७.६८ विन्दुमा झरेको छ। सेसनमा ३० लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ४७ कम्पनीका ५ हजार १५९ कित्ता सेयर किनबेच भएका छन्। यस अवधिमा ७४ वटा कारोबार सम्पन्न भएका छन्। सेसनमा १९ कम्पनीको सेयर मूल्य वृद्धि भएको …
Read More

चिनियाँ कम्पनी साओमीले चिप्स उत्पादनमा थप ७ अर्ब डलर लगानी गर्ने

बेइजिङ — चिनियाँ प्रविधि क्षेत्रको प्रमुख कम्पनी साओमीले स्मार्टफोनका लागि अत्याधुनिक चिप विकास गर्न ५० अर्ब युआन (झण्डै ६.९ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। स्मार्टफोनदेखि विद्युतीय सवारी र भ्याकुम क्लिनरसम्मका उपभोक्ता उपकरण उत्पादन गर्ने साओमी चीनको अग्रणी टेक कम्पनीमध्ये एक हो। कम्पनीको १५औं वार्षिकोत्सवका अवसरमा संस्थापक लेई …
Read More

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं — नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेका २ लाख २३ हजार २९९ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यी सेयरहरूमा बैंकका वर्तमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। सेयर खरिदमा इच्छुक संस्थापक सेयरधनीहरूले आज जेठ ६ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिँदा लाजिम्पाटस्थित बैंकको सेयर शाखामा पुगेर …
Read More

आगामी आव बजेट : सरकारलाई योजना छान्न सकस, ‘प्रोजेक्ट बैंक’ का आयोजनामा कटौती

काठमाडौं — आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गर्न केही दिन मात्र बाँकी रहँदा सरकारले बजेटका लागि आयोजना छान्न र आवश्यक स्रोत जुटाउन निकै कठिनाइ भोगिरहेको छ। राजस्व संकलन अपेक्षाअनुसार नबढ्नु र सार्वजनिक ऋण दिनप्रतिदिन बढ्दै जानुका कारण सरकार करिब १९ खर्ब ६५ करोड रुपैयाँको स्रोत आवश्यकता पूरा गर्न …
Read More

अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको सटही दर कति छ ?

काठमाडौं — आज जेठ ६ गते मंगलबार अमेरिकी डलरको विनिमय दरमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा र खरिददर १३६ रुपैयाँ ३५ पैसा कायम भएको छ। अघिल्लो दिन सोमबार यो दर क्रमशः १३७ रुपैयाँ १२ पैसा (बिक्री) र १३६ रुपैयाँ …
Read More

नेको इन्सुरेन्सको बोनस सेयर पारित गर्न कहिले बस्दैछ एजीएम ?

काठमाडौं — नेको इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ ९ गते बिहान ११ बजे नक्सालस्थित लिसारा रिसेप्सनमा बस्ने तय भएको छ। सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण र नगद प्रवाह लगायतका विषयमा छलफल गर्नेछ। साधारण सभाले सेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत …
Read More

धितोपत्र बोर्डले ९० भन्दा कम नेटवर्थ रहेका कम्पनीलाई आइपीओ पाइपलाइनबाट हटायो

काठमाडौं — नेपाल धितोपत्र बोर्डले प्रति सेयर नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूलाई आईपीओ पाइपलाइनबाट हटाएको छ। सोमबार बोर्डले पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाट बाहिर गरेको हो। तीमध्ये १३ वटा कम्पनीको प्रति सेयर नेटवर्थ ९० भन्दा कम रहेको र एउटा कम्पनीको विद्युत् खरिद सम्झौता (PPA) अवधि न्यून रहेको कारण हटाइएको …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In