Sarbaguna News

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ निर्वाचित

काठमाडौं: डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्ष पदमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ पुनः सर्वसम्मतिले चयन भएका छन्। बिहीबार पोखरामा सम्पन्न एशोसिएसनको १९औं वार्षिक साधारण सभामा उनलाई पुनः अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो। त्यसैगरी, उपाध्यक्ष पदमा कामना सेवा विकास बैंकका दिनेश थकाली, सचिव पदमा गरिमा विकास बैंकका …
Read More

पछिल्लो ८ महिनामा थपियो करिब साढे २ खर्ब सरकारी ऋण

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म सरकारको बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु वर्षको दोस्रो चौमासिकसम्म मात्र करिब साढे दुई खर्ब ऋण थपिएको छ। आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकोमा …
Read More

महासंघद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव पेश, उद्योगलाई लाग्ने कर ५ प्रतिशत घटाउन आग्रह

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सरकारलाई विभिन्न सुझाव पेश गरेको छ। अध्यक्ष चन्द्र प्रसाद ढकालले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई सुझाव पत्र बुझाएका हुन्। महासंघले कानुनी परिमार्जनको प्रभावकारी कार्यान्वयन, व्यवसाय दर्ता र कर प्रक्रियालाई प्रविधिमैत्री बनाउन, लगानी प्रवद्र्धनका लागि …
Read More

नेपाल इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्सुरेन्स लिमिटेडको १५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरिएको छ। बुधबारको अन्तिम कारोबार मूल्य ९९५.१० रुपैयाँलाई आधार मानी समायोजनपछि नयाँ मूल्य ८६५.३० रुपैयाँ निर्धारण गरिएको छ। यही मूल्यलाई आधार बनाएर बिहीबारदेखि यसको कारोबार खुला हुनेछ।
Read More

“एमबीएल इक्विटी फन्ड” मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं: ‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने अन्तिम दिन आज चैत ७ गते, बिहीबार हो। लगानीकर्ताले कार्यालय समयभित्र यस फन्डको इकाईमा आवेदन दिन सक्नेछन्। माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको थियो। माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबीएल इक्विटी फन्ड’ ले १२ करोड इकाई बिक्री …
Read More

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि चैत ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस …
Read More

आजदेखि नेप्सेमा अन्तिम कारोबार मूल्य निर्धारणमा नयाँ व्यवस्था लागू हुने

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजदेखि अन्तिम कारोबार मूल्य निर्धारणमा नयाँ व्यवस्था लागू गरेको छ। नेप्सेले जारी गरेको सूचनाका अनुसार अबदेखि बजार बन्द हुने समय अगाडि २:४५ बजे देखि ३:०० बजेसम्मको कारोबारको भारित औसत मूल्य नै अन्तिम कारोबार मूल्य मानिनेछ। यदि सो समयमा कुनै कारोबार नभएमा त्यसअघि भएको अन्तिम …
Read More

आजदेखि बिदा बस्दै गभर्नर अधिकारी

काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज (चैत ५ गते) देखि १० दिनका लागि अनिवार्य बिदामा गएका छन्। उनी चैत १५ गते पुनः राष्ट्र बैंक फर्किनेछन्। गभर्नर अधिकारीको पाँच वर्षीय कार्यकाल यही चैत २४ गते पूरा हुँदैछ। उनले २०७६ चैत २४ गते नियुक्ति पाई चैत २५ गतेदेखि कार्यभार सम्हालेका …
Read More

सुनको मूल्यमा बन्यो अर्को नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं: सुनको मूल्यले आज नयाँ उचाइ कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (चैत ५ गते) छापावाल सुन प्रतितोला १ हजार १०० रुपैयाँले बढेर १ लाख ७५ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि, चैत १ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँ पुग्दै नयाँ …
Read More

कुमारी बैंकको ५ लाख ८७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं: कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ८७ हजार १२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यस अन्तर्गत, २ लाख कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्, जबकि बाँकी २ लाख ८७ हजार १२ कित्ता सेयर अन्य व्यक्ति तथा संघ-संस्थाले खरिद गर्न सक्नेछन्। सेयर खरिद …
Read More

सीएसआर कोष व्यवस्थित गर्न राष्ट्र बैंकको मार्गदर्शन: १ वर्षभित्र ६०% रकम खर्च गर्नुपर्ने

काठमाडौं: बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले नयाँ मार्गदर्शन जारी गरेको छ। यसअघि एकीकृत निर्देशनमार्फत सञ्चालन हुँदै आएको सीएसआर कोष अब मार्गदर्शनअनुसार व्यवस्थापन गरिनेछ। नयाँ मार्गदर्शनअनुसार, बैंकहरूले प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भइसकेपछि मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत …
Read More

प्रभु महालक्ष्मीको २ लाख ७४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न मिल्ने

काठमाडौं: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा कम्पनीका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति वा संघ-संस्थाले पनि आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुकहरूले आज (चैत ५ गते) बाट ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, …
Read More

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको ८० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडौं: आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले आज (चैत …) देखि ८० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। यस लिलामीमा संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति तथा संस्थाहरूले पनि बोलपत्र पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ, जसलाई आधार मानेर लगानीकर्ताहरू लिलाम बढाबढ प्रक्रियामा सहभागी हुन …
Read More

पियोर इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं: पियोर इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज मंगलबार (चैत ५ गते) हो। कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो। मागभन्दा बढी आवेदन परिसकेका कारण कम्पनीले आज बैंकिङ समयपछि बिक्री बन्द गरिने जानकारी …
Read More

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट सम्पन्न

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले फागुन २२ देखि २६ गतेसम्म सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। कुल १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए, जसमा १० हजार १२६ आवेदन रद्द भए। बाँकी १९ लाख ५५ हजार ६८५ आवेदकहरूमध्ये …
Read More

सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं: सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ, जुन आइतबारकै मूल्य हो। चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको भाउ प्रतितोला २ हजार ४५ …
Read More

१८ अर्बको ट्रेजरी बिल नवीकरण प्रक्रिया जारी, यस्तो छ छूट दर

काठमाडौं: सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (चैत ४) कुल १८ अर्ब ३० रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। नेपाल सरकारको ऋण बोलकबोल तालिका अनुसार, आज उक्त ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुन लागेको हो। हाल बैंकहरूमा प्रशस्त तरलता भएकाले ट्रेजरी बिलप्रति माग उच्च देखिएको छ, जसका कारण डिस्काउन्ट …
Read More

सीबीफीन र काठमाडौं फिनटेकबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ।

काठमाडौं: बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) र काठमाडौं फिनटेक प्रा.लि. (केएफ) ले नेपाली बैंकिङ क्षेत्रको डिजिटल रूपान्तरण, नेतृत्व विकास, तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले ऐतिहासिक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन्। सीबीफीनको सुन्धारा स्थित कार्यालयमा आयोजित कार्यक्रममा सीबीफीनका महानिर्देशक रोशन कोइराला र काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले सम्झौतापत्रमा …
Read More

ङादी ग्रुप पावरको लिलामी सेयर बोलपत्र आज खोलिँदै

काठमाडौं: ङादी ग्रुप पावरको लिलामी सेयरका लागि प्राप्त बोलपत्र आज (चैत ४ गते) खोलिनेछ। कम्पनीले फागुन २० देखि २८ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमा खुला गरेको थियो। प्राप्त बोलपत्र आवेदन आज बिहान ७ बजे सिद्धार्थ क्यापिटल, नारायणचौर, नक्साल, काठमाडौंमा खोलिनेछ।
Read More

बीमा कम्पनीहरूको लाभांश घोषणा : आर्थिक वर्ष २०८०/८१ को विवरण

आर्थिक वर्ष २०८०/८१ का लागि हालसम्म १२ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमध्ये ६ वटा जीवन बीमा कम्पनी र ६ वटा निर्जीवन बीमा कम्पनी छन्। लाभांश घोषणा गरेका र नगरेका कम्पनीहरूको विवरण निम्नानुसार छ: लाभांश घोषणा गरिसकेका कम्पनीहरू जीवन बीमा कम्पनीहरू: सिटिजन लाइफ इन्स्योरेन्स : […]
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In